२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मीमा खर्बुजा खाँदै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्



अ+ अ-

एजेन्सी । गर्मीमा रसिलो खर्बुजा खानुको बेग्लै रमाइलो छ । यसमा पाइने मिनरल्स र भिटामिन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

धेरैले खर्बुजाको जुस बनाएर स्मूदी खाने गर्छन् । धेरैलाई खर्बुजामा नुन छर्केर खान मन पराउछन् । तर, त्यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुने बिज्ञहरुले बताएका छन् ।

खर्बुजा एक कम क्यालोरी फल हो, यसमा भिटामिन ए र सी र एन्टि-अक्सिडेन्ट प्रशस्त हुन्छ। यसमा नुन छर्केर खादा यसले स्वाद बढाउँछ र थप रसदार बनाउँछ। नुन मिसाएर खर्बुजा खाँदा शरीरमा सोडियमको मात्रा बढ्छ, जसले धेरै समस्या निम्त्याउन सक्छ । जसका कारण रक्तचाप बढ्न सक्छ । बढी नुनका कारण रक्तचापका बिरामीको समस्या बढ्न सक्छ ।

गर्मीमा चिसो खान मनपर्ने हुनाले हामि खर्बुजा फ्रिजमा राखेर खाने गर्छौ । तर धेरै चिसो खर्बुजा खाँदा पाचन शक्तिमा प्रतिकूल असर पर्छ । खर्बुजा धेरै चिसो खाँदा, यसले पेट र अन्य पाचन समस्याहरू निम्त्याउन सक्छ। यसबाहेक खर्बुजा खाएपछि दूध पिउनु पनि हानिकारक हुन सक्छ। किनभने, खर्बुजामा पाइने भिटामिन सी र दूधमा पाइने प्रोटिनले पेट फुल्ने समस्या निम्त्याउन सक्छ।