२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः अष्ट्रेलियाले ओमानलाई ३९ रनले हरायो



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

भर्खरै सम्पन्न खेलमा अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाएर १२५ रनमै समेटियो । ओमानको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा टोली नामिबियासँग पराजित भएको थियो ।

उसका लागि आयान खानले ३६, मेहरान खानले २७, अकिब इलियासले १८ र सकिल अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ अष्ट्रेलियाका मार्कुस स्टोइनिसले ३ तथा मिचेल स्टार्क, नाथन एलिस र आडम जाम्पाले २–२ विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन जोड्यो । उसका लागि मार्कुस स्टोइनिसले ३६ बलमा ६७ रनको योगदान दिए । उनले ६ छक्का र २ चौका प्रहार गरे । यस्तै, डेभिड वार्नरले ५६, मिचेल मार्शले १४ र ट्रेभिस हेडले १२ रन जोडे ।

बलिङतर्फ ओमानका मेहरान खानले २ तथा बिलाल खान र कालेमुल्लाहले १–१ विकेट लिए ।