४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सुनसरीका अध्यक्ष निलमको निधन



अ+ अ-

विराटनगर । १७ दिन अघि मात्रै नेकपा एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका निलम खनालको निधन भएको छ । लामो समयदेखि प्याङ्क्रियाजसम्बन्धीको बिरामी रहेका खनालको उपचारका लागि भारतको हैदरावाद निधन भएको हो ।

उपचारको क्रममा खनालको मृत्यु भएको एमाले सुनसरीका पूर्व अध्यक्ष रेवतीरमण भण्डारीले बताए । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिबेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

जेठ ५ गते देखि ७ गतेसम्म भएको अधिवेशनमा उनी अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएसँगै बिरामीले च्यापेपछि थप उपचारका लागि उनलाई जेठ २२ गते हैदराबाद लगिएको थियो ।

खनाल यसअघि एमाले सुनसरीको उपाध्यक्ष थिए ।