२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितलाई आज धोनीको रेकर्ड तोड्ने मौका



अ+ अ-

एजेन्सी । भारतीय टोलीले आज बुधबार आयरल्याण्डविरुद्ध खेल्दै टी–२० विश्वकपको यात्रा सुरु गर्दैछ । दुई टोलीबीचको यो खेल न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियममा नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ ।

कप्तान रोहित शर्माका लागि आयरल्यान्डविरुद्धको जित ठूलो व्यक्तिगत उपलब्धि हुनेछ किनभने यदि भारत यो खेल जित्न सफल भयो भने रोहित कप्तानको रूपमा टी–२० मा सबैभन्दा धेरै जित्ने कप्तान बन्नेछन् ।

रोहितको कप्तानीमा भारतले कुनै पनि आईसीसी ट्रफी जित्न सकेको छैन, तर रोहित महेन्द्र सिंह धोनीलाई पछाडि छोड्नबाट एक कदम टाढा छन्, जसले आफ्नो कप्तानीमा भारतलाई टी–२० विश्वकपको उपाधि दिलाए । रोहितले अहिलेसम्म ५४ टी–२० खेलमा भारतको कमाण्ड गरेका छन् जसमा टोलीले ४१ खेल जितेको छ भने १२ खेलमा हार बेहोरेको छ ।

अर्कोतर्फ धोनीले ७२ टी–२० खेलमा भारतको कप्तानी गरेका छन् भने ४१ खेल जितेका छन् भने २८ हारेका छन् । धोनी र रोहितले आफ्नो कप्तानीमा भारतका लागि खेलको सबैभन्दा छोटो ढाँचामा समान संख्यामा खेल जितेका छन् र यदि भारतले बुधबार जित्यो भने कप्तानको रूपमा रोहितको यो ४२ औँ जित हुनेछ र उनी धोनीलाई पछि पार्दै भारतका लागि टी–२० सबैभन्दा सफल कप्तान बन्नेछन् ।