२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः दावेदार भारतले आयरल्याण्डको सामना गर्दै



अ+ अ-

एजेन्सी । भारतीय टोलीले आज बुधबार आयरल्याण्डविरुद्ध खेल्दै टी–२० विश्वकपको यात्रा सुरु गर्दैछ । दुई टोलीबीचको यो खेल न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियममा नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ ।

भारतले २०१३ यता आईसीसी ट्रफी जितेको छैन र टोली यस प्रतियोगितामा आफ्नो उपाधि खडेरी हटाउन खोज्नेछ ।

कप्तान रोहित शर्माका लागि आयरल्यान्डविरुद्धको जित ठूलो व्यक्तिगत उपलब्धि हुनेछ किनभने यदि भारत यो खेल जित्न सफल भयो भने रोहित कप्तानको रूपमा टी–२० मा सबैभन्दा धेरै जित्ने कप्तान बन्नेछन् ।

टी–२० आईमा यी दुई टोलीबीच ७ खेल भएका छन् । जसमा सातै खेल भारतले जितेको छ । टी–२० विश्वकपमा दुवै टोली एकपटक मात्र आमनेसामने भएका छन् । त्यो सन् २००९ को कुरा थियो । नटिङ्घम मैदानमा आयरिश टोलीले भारतलाई दिएको ११३ रनको सामान्य लक्ष्यलाई भारतीय ब्याट्सम्यानले १५.३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो ।

भारतीय टोली विश्वकपमा समूह ‘ए’ मा रहेको छ जसमा आयरल्याण्डसहित क्यानडा, अमेरिका र रहेका छन् । यसपटकको टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहेको छ जसलाई पाँच–पाँच समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर ८ चरणका लागि छनोट हुनेछन् । आयरल्याण्डपछि भारतले आइतबार न्युयोर्कमा पाकिस्तानको सामना गर्नेछ ।

सम्भावित सुरुवाती-११

भारतः रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, अक्षर पटेल, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज ।

आयरल्याण्डः पल स्टर्लिङ (कप्तान), एन्डी बालबर्नी, लोर्कन टकर (विकेटकिपर), ह्यारी टेक्टर, कर्टिस क्याम्फर, जर्ज डकरेल, मार्क एडेयर, ब्यारी म्याकार्थी, क्रेग यंग, ​​जोशुआ लिटल, बेन ह्वाइट ।