२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानका कप्तानले दिए अस्ट्रेलियालाई चुनौती – हल्कामा नलिउ



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ निकै रोचक ढंगले सुरु भएको छ । प्रतियोगितामा अहिलेसम्म धेरै साना टोली (एसोसिएट नेसन्स) राम्रो लयमा देखिएका छन् जसमा ओमान पनि परेको छ ।

ओमानले पहिलो खेलमा नामिबियासँग हार बेहोरेपनि टोलीले उत्कृष्ट लय देखाएको थियो । अब ओमानका कप्तानले अस्ट्रेलियालाई चुनौती दिएका छन् ।

अष्ट्रेलियाले २०२४ को टी–२० विश्वकपमा ओमानसँग खेल्दै आफ्नो अभियान सुरु गर्नेछ । अष्ट्रेलिया र ओमानबीचको यो खेल ५ जुनमा हुनेछ, तर नेपाली समय अनुसार यो खेल ६ जुनमा बिहान सवा ६ बजे देखि देख्न पाइनेछ ।

यो खेलअघि ओमानका कप्तान अकिब इलियासले अस्ट्रेलियालाई खुला चेतावनी दिएका छन् ।

खेलअघि ओमानका कप्तान अकिब इलियासले भने, ‘अष्ट्रेलियासँग पहिले स्टिभ स्मिथ र मार्नस लाबुस्चेन जस्ता खेलाडीहरू थिए, जसको राम्रो टेक्निक थियो । तर अहिले उनीहरूसँग त्यस्ता खेलाडीहरू छैनन् । उनीहरूका खेलाडीहरू ठूला शट खेल्नमात्र तयार छन् । उनीहरुको सोँचाई केवल छक्काको लागि हुन्छ ।’

इलियासले पिचको बारेमा थप भने, ‘हरेक दिन एकनास हुँदैनन् । यदि नामिबिया विरुद्धको खेलमा जस्तै विकेट पाइन्छ भने त्यो उनीहरुका लागि समस्या हुन सक्छ । जसरी तपाईंले वेस्ट इन्डिजलाई पपुवा न्युगिनीविरुद्ध देख्नुभयो । कति गाह्रो छ । टोलीमा ठूला हिटर बने पनि १३० रनको लक्ष्यका लागि संघर्ष गर्नुपरेको थियो ।’

ओमानले नामिबिया विरुद्धको खेलमा नामिबियालाई कडा टक्कर दियो, त्यसपछि खेल बराबरी भयो र सुपर ओभरमा नामिबियाले जित निकाल्यो ।

खेलमा पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा १०९ रनमा अलआउट भयो । त्यसपछि ओमानका बलरले नामिबियालाई २० ओभरमा ६ विकेट गुमाएर १०९ रन मात्र बनाउन दिएका थिए । यसपछि सुपर ओभर भयो, जुन टी–२० विश्वकपको इतिहासमा तेस्रो सुपर ओभर थियो ।