१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी निर्वाचन २०२० : डोनल्ड ट्रम्पद्वारा व्यवस्थित ढङ्गले सत्ता हस्तान्तरणको वाचा



अ+ अ-

वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले व्यवस्थित ढङ्गले शक्ति हस्तान्तरण गर्ने वाचा गर्नुभएको छ। उनका समर्थकहरूले अमेरिकी संसद् भवनमा हुलदङ्गा गरेको एक दिनपछि ट्रम्पले त्यसो भन्नुभएको हो ।

ट्विटरमा १२ घण्टे प्रतिबन्ध झेलेपछि भिडिओमार्फत् सोही सामाजिक सञ्जालमा देखिएका रिपब्लिकन राष्ट्रपति ट्रम्पले दङ्गाकारीहरूको आलोचना गर्दै जघन्य हमला बताउनु भएको थियो।

आफ्नो कार्यकाल सकिन लागि १३ दिन मात्र बाँकी छँदा वरिष्ठ डेमोक्र्याटहरूले उनलाई पदबाट हटाउने कुरा गरिरहँदा ट्रम्पले मुख खोलेका थिए। बीबीसी