धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आईपुग्नुभएको छ । आज ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा विशाल जनसभा गर्ने भएको छ । उक्त सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीओली धनगढी आउनुभएको हो । धनगढी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेश सरकारका कोही पनि पुगेनन् । मुख्यमन्त्री त्रिलोचन भट्टको
सचिवालयले प्रधानमन्त्री ओली धनगढी आउने औपचारिक जानकारी नभएकाले स्वागतका लागि कोही नगएको जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार पार्टी विभाजन पछि पहिलो पटक प्रधानन्त्री ओली राजधानी बाहिर जान जानुभएको हो ।
यसअघि राजधानीमा भएको विभिन्न कार्याकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु भएको थियो । बुधबार सुदूरपश्चिम प्रदेश कमिटिले कमिटि विस्तार गर्दै आज सभा गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारमा ओली पक्षको सहभागीता शून्य छ ।











