६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभा सम्बोधन गर्न धनगढीमा प्रधानमन्त्री ओली



अ+ अ-

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आईपुग्नुभएको छ । आज ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा विशाल जनसभा गर्ने भएको छ । उक्त सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीओली धनगढी आउनुभएको हो । धनगढी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेश सरकारका कोही पनि पुगेनन् । मुख्यमन्त्री त्रिलोचन भट्टको

सचिवालयले प्रधानमन्त्री ओली धनगढी आउने औपचारिक जानकारी नभएकाले स्वागतका लागि कोही नगएको जनाएको छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार पार्टी विभाजन पछि पहिलो पटक प्रधानन्त्री ओली राजधानी बाहिर जान जानुभएको हो ।

यसअघि राजधानीमा भएको विभिन्न कार्याकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु भएको थियो । बुधबार सुदूरपश्चिम प्रदेश कमिटिले कमिटि विस्तार गर्दै आज सभा गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारमा ओली पक्षको सहभागीता शून्य छ ।