एजेन्सी । वाराणसी लोकसभा सिटबाट प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक विजयी भएका छन् ।
वाराणसीबाट प्रधानमन्त्री मोदी १ लाख ५२ हजार ५१३ मतान्तरले विजयी भएका हुन् । प्रधानमन्त्री मोदीले कांग्रेसका अजय रायलाई पराजित गरे ।
मोदीले ६,१२,९७० मत प्राप्त गर्दा रायले ४,६०,४५७ मत ल्याए ।