१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महिला विश्व सञ्जालद्वारा तुलसालय आश्रमलाई सात लाख २४ हजार चार सय ८५ रुपैयाँ सहयोग हस्तान्तरण



अ+ अ-

काठमाडौं। नेपाली महिला विश्व सञ्जालले तुलसालय आश्रमलाई सात लाख २४ हजार चार सय ८५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा नेपाली महिला विश्व सञ्जालकी अध्यक्ष सपना सेढाईँ थपलियाले तुलसादेवी हरिहर फाउन्डेसनकी अध्यक्ष सरु सुवेदीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

ललितपुर महानगरपालिकाको वडा नं. २५ मा रहेको तुलसादेवी हरिहर फाउन्डेसनले तुलसालय आश्रममार्फत टुहुरा बालबालिका, वृद्धवृद्धा, मानसिक रोगीहरुलाई आश्रय दिइरहेको अध्यक्ष सुवेदीले बताईन् । उनले संस्था विधिवत रुपमा २०७५ सालमा दर्ता भएर निरन्तररुपमा बालबालिका, वृद्धवृद्धा र मानसिक रोगीहरुको हितमा काम गर्दै आइरहेको बताईन् । सो क्रममा उनले तुलसा आश्रमले धेरै मानसिक रोगीहरुलाई संरक्षण र उपचार गराई पुनर्जीवन प्रदान गरेको पनि बताईन् ।

उनले कोरोना महामारीको समयमा पनि आफूहरुले गरेको विभिन्न सहयोगको स्मरण गराईन् । अध्यक्ष सुवेदीले आफ्नै घरलाई गरिब दु:खीको सहयोगार्थ खर्चिएको बताईन् । अहिले ३७ जना बालकालिकाहरु तुलसालय आश्रमको संरक्षणमा रहेका पनि उनले बताईन् । नेपाली महिला विश्व सञ्जालकी अध्यक्ष थपलिया तुलसालय आश्रमको खम्बा बनेर उभिएको भन्दै उनले प्रशंसा गरिन् ।

नेपाली महिला विश्व सञ्जालकी अध्यक्ष सपना सेढाईँ थपलियाले आफूहरु विशेष गरेर महिलाको हक अधिकारको बारेमा लडिरहेको बताईन् । उनले आफूहरुले महिलाको सशक्तिकरणको पक्षमा एकतावद्ध भएर काम गरिरहेको पनि बताईन् ।

उनले विदेशी भूमिमा रहेर पनि नेपालीहरुको दु:ख सुखमा साथ दिने प्रतिवद्धता व्यक्त गरिन् । सो रकम विभिन्न दाताहरु र कन्सर्टबाट संकलन गरिएको उनले बताईन् । उक्त रकम तुलसालय आश्रमले सही सदुपयोग गर्ने पनि उनले विश्वास व्यक्त गरिन् ।

उनले यसअघि पनि तुलसालय आश्रमलाई सहयोग गरेको स्मरण गराईन् । ‘हाम्रो संस्थाले विभिन्न संघ संस्थाहरुको कार्यक्रम हुँदाखेरी उहाँहरुलाई आवश्यक पर्ने सहयोगहरु गरिरहेका छौं । हामीले विशेषगरी आफ्नो मातृभूमिमै केही गरौं भन्ने उद्देश्यले कार्यक्रमहरु गरेर बालबालिकाको विकासका लागि काम गरिरहेका छौं,’– उनले भनिन् ।