२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाईलटलाई कारबाही प्रकरणः महानिर्देशक अधिकारीको मनमौजी निर्णय



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको ठाडो निर्देशनमा नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’बाट हटाएपछि अन्य पाईलट तथा उडान सम्बद्ध कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले सोमबार उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको हो ।

पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन् ।

लामाले सामाजिक संञ्जमालमा उडानको समयको फोटो पोष्ट गरेको भन्दै स्पष्टिकरण सोधेपनि पन्तका बारेमा भने कुनै कारण नखुलाईएको उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

ती अधिकारीका महानिर्देशक अधिकारी कानूनको भन्दा पनि हुकुमीशैलीमा प्रस्तुत हुन थालेका छन् । नागरिक उड्डयन भित्रका अन्य समस्याहरुको निराकरण गर्ने भन्दा पनि बिषयहरुलाई बिषयान्तर गर्दे कर्मचारीहरुमाथी एक खालको शन्त्रास फैलाउने काम भै रहेको छ ।

नीजि विमान कम्पनीमा पाईलटहरु जाने क्रम तिब्र भइरहेका बेला कुनै गम्भिर दोष नदेखिएको बिषयमा कारबाहीको डण्डा नेपाल बायुसेवा निगमलाई अझै कमजोर बनाउने चाल रहेको ती अधिकारीले बताए ।

महानिर्देशक अधिकारीले केही समय अघि अन्तर्राष्ट्रिय विमानस्थलका ग्राउण्ड ह्याण्डलीङ पनि नेपाल बायु सेवा निगमबाट खोस्नु भएको थियो ।