७ श्रावण २०८३, बिहीबार
,
Latest
इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरुलाई लेखनाथ दाहालको चेतावनी– आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्नुस्



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरुलाई चेतावनी दिनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले मन्त्रीहरुलाई आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न चेतावनी दिनुभएको हो ।

उहाँले उहाँले मन्त्रालयको बजेट आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रित नगर्न उहाँले आग्रह गर्नुभयो । उहाँले मानव सूचकांकमा पछि परेका जिल्ला र पालिकाहरुलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताउनु भयो । उहाँले मन्त्रालयस्तरिय बजेटको किताव आउँदा स्रोत र साधनको न्यायोचित वितरण भएको होस् भनि मन्त्रीहरुलाई ध्यानाकर्षण गराउनु भयो । उहाँले रणनीतिक सडकहरु र वैकल्पिक लोक मार्गहरुलाई पर्याप्त बजेट विनियोजन गर्न पनि माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘धेरै वर्षदेखि निरन्तर निर्माणाधिन अवस्थामा रहेका रणनीतिक सडकहरु, निर्वाचन क्षेत्रस्तरिय रणनीतिक सडक, वैकल्पिक लोकमार्गहरु चालु आर्थिक वर्षमा बजेट अभावकै कारणले निर्माण कार्य ठप्प भएका छन् । यो आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेर निर्वाचन क्षेत्रस्तरिय रणनीतिक सडक र वैकल्पिक लोकमार्गहरुलाई स्टमेट अनुसारकै बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो पटकको बजेटमा मन्त्रीज्युहरुले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन गर्नुहुने छैन र रातो किताव ल्याउनुहुने छैन । सिंगो मानव सुचकांककै आधारमा पछि परेका जिल्ला र पालिकाहरुलाई केन्द्रमा राखेर साधन, स्रोतको न्यायोचित वितरण गरेर रातो किताव आउने छ । मन्त्रालयस्तरिय बजेटको किताव आउनेछ भन्ने अपेक्षा छ ।’

सांसद दाहालले संसद अवरोधको श्रृङ्खलाको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले वर्तमान सरकारले सुशासनको क्षेत्रमा उल्लेख्य काम गरिरहेको पनि बताउनु भयो ।