११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’

‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’
अ अ+ अ-

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपत्तिका बेला नागरिकको ज्यान जोगाउने महत्वपूर्ण दायित्व विद्यमान ऐनकानुनका कारण  जटिल भएको भन्न नमिल्ने बताउँदै विपद्  व्यवस्थापनमा ढिलासुस्ती गर्न नपाइने उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज भएको  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उहाँले नियम, कानुन, कार्यविधि, काम गर्नका लागि भएकाले तिनले अधिकार प्रत्यायोजन गरेका छैनन् भनेर विपद् व्यवस्थापनका काम रोक्न नहुनेमा जोड दिनुभयो । उहाँले त्यस्ता कानुन, कार्यविधिले व्यवधान भएको भए आफूलाई जानकारी दिन अनुरोध गर्दै मन्त्री लामिछानेले कानुनी एवं प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘ऐननियमले दिँदैन भनेर विपत्तिका बेला राहत र उद्धारका काममा ढिलासुस्ती गर्न पाइँदैन ।”

गृहमन्त्रीले विपद्मा नागरिकको ज्यान जोगाउने जस्तो महत्वपूर्ण काम अरू केही हुननसक्ने बताउँदै यो वर्षको मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीतिनियम कार्यविधिले सच्च्याउन निर्देशन दिनुभयो ।

विपद्का बेला पत्रकार तथा स्वयंसेवकका लागि पनि जोखिम हुने भएकाले विपद् क्षेत्रमा जाँदा आवश्यक तालिम दिन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नो मन्त्रालयबाट हुनुपर्ने काममा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । स्थानीय तहले पाउने बजेट रोकिँदा उनीहरु आन्दोलित भएका जानकारी दिँदै उहाँले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले गृह मन्त्रालयसँगको समन्वयमा यथासक्य चाँडो बैठक गरेर स्वास्थ्यसम्बन्धी पूर्वतयारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गृहमन्त्री अध्यक्ष रहेको उक्त बैठकले संशोधनसहित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ स्वीकृत गरेको छ । रासस