२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत आज राति दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयानुसार सवा ८ बजे सुरु हुनेछ । समूह डी का दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।

गत विश्वकपमा केही खास गर्न नसकेको दक्षिण अफ्रिका सुपर १२ राउण्डबाट बाहिरिएको थियो । तर यसपटक टिममा केही खेलाडीहरु पनि छन् जो फर्ममा छन् ।

जसका कारण अहिले उनीहरुको टोलीमा युवा जोश र अनुभवी खेलाडीहरुको संयोजन रहेको छ ।

यस समूह डी मा यी दुई टोलीसँगै नेपाल, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले भोलि नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।