काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
यसअघि बालुवाटारमा प्रधानमन्त्री, ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवर्ता भएको थियो ।