६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पोखरा महानगरको अध्यक्षमा जीवन आचार्य निर्वाचित



अ+ अ-

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् । आचार्यले निकटतम् प्रतिस्पर्धी दीपक पौडेललाई ६७ मतान्तरले हराए ।

आचार्यले २ सय ७७ मत प्राप्त गर्दा पौडेलले २ सय १० मत ल्याए । ४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको थियो । पदाधिकारीतर्फ पनि आचार्य प्यानल नै विजयी भएका छन् ।

महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् ।