६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल



अ+ अ-

काठमाडौं । बागमती करिडोरको यूएन पार्क–कुपण्डोल खण्डमा सडक कालोपत्रे गर्दा छोडिएका पोलहरू सारिएको छ ।

पोल नसारी सडक पिच गरेको भनेर आलोचना भएपछि महानगर प्रहरीसहितको टोलीले सडक बत्तीको पोल सारेको हो ।

बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार बेलुका आवातजावत बन्द गरेर यूएन पार्कदेखि कुपण्डोलसम्म सडक पिच गरेको थियो ।

समितिले बत्तीका पोलसमेत नसारी सडक पिच गरेको र यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भएपछि ललितपुर महानगरपालिकाले पोल सारेको हो ।

सोमबार बिहानै महानगरनगर प्रहरीहरू लगाएर सडकमा छोडिएका पोलहरू हटाइएको ललितपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रिबनमान व्यञ्जनकारले बताए ।