१९ पुष २०८१, शुक्रबार
,
Latest
सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन सन् २०२५ मा विश्वका लागि ध्यान केन्द्रित गर्न चीन कटिबद्ध बुर्तिबाङ अस्पताल: झुपडीदेखि ५० शय्याको अस्पतालसम्म विनाअक्सिजन ८ हजार मिटर अग्ला हिमालको आरोहण गरेका मिङ्मालाई विमानस्थलमा भव्य स्वागत सामूहिक खेती गरी आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला  निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान एलिट कपः आरिफ शेखको कप्तानीमा पुलिस क्लबको टोली घोषणा सिड्नी टेस्टः भारत १८५ रनमा अलआउट ठगीमा मुछिएपछि लेखा समितिका सभापतिले गरे स्वकीय सचिवलाई बर्खास्त एकैदिन दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल



अ+ अ-

काठमाडौं । बागमती करिडोरको यूएन पार्क–कुपण्डोल खण्डमा सडक कालोपत्रे गर्दा छोडिएका पोलहरू सारिएको छ ।

पोल नसारी सडक पिच गरेको भनेर आलोचना भएपछि महानगर प्रहरीसहितको टोलीले सडक बत्तीको पोल सारेको हो ।

बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार बेलुका आवातजावत बन्द गरेर यूएन पार्कदेखि कुपण्डोलसम्म सडक पिच गरेको थियो ।

समितिले बत्तीका पोलसमेत नसारी सडक पिच गरेको र यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भएपछि ललितपुर महानगरपालिकाले पोल सारेको हो ।

सोमबार बिहानै महानगरनगर प्रहरीहरू लगाएर सडकमा छोडिएका पोलहरू हटाइएको ललितपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रिबनमान व्यञ्जनकारले बताए ।