२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूरोडबाट फर्किए महानगर प्रहरी, सडक टाल्ने काम जारी



अ+ अ-

काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौंको सडक टाल्ने काम रोक्न न्यूरोड पुगेका महानगरप्रहरी फर्किएका छन् । महानगरले भत्काएको सडक पिच गर्न थालेपछि नगरप्रहरी न्यूरोड पुगेका थिए ।

केहिबेर मेयर बालेन शाहका समर्थक र नगरप्रहरीको अवरोधले पिच बनाउने काममा अवरोध भएको थियो । सोहिक्रममा नगरप्रहरी र सडक विभागका कर्मचारीबीच विवाद समेत भएको थियो ।

केही स्थानीय नगरप्रहरीविरुद्ध नाराबाजी गर्न पुगेका थिए । न्यूरोडमा तनाव सिर्जना भएपछि घटनास्थलमा नेपाल प्रहरी पुगेको थियो । प्रहरीको टोली पुगेपछि महानगर प्रहरी फर्किएका हुन् ।

अहिले सडक पिचको काम जारी रहेको छ ।

मेयर शाहको निर्देशनमा फुटपाथ विस्तारका लागि जेठ १२ गते पीच काटिएको थियो । सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनको अल्टिमेटम दिएर सडक जस्ताको तस्तै पार्न भनेको थियो । तर, महानगरले नबनाएपछि सडक विभागले सोमबार सडक टाल्न सुरू गरेको थियो ।