२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूरोडबाट फर्किए महानगर प्रहरी, सडक टाल्ने काम जारी



अ+ अ-

काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौंको सडक टाल्ने काम रोक्न न्यूरोड पुगेका महानगरप्रहरी फर्किएका छन् । महानगरले भत्काएको सडक पिच गर्न थालेपछि नगरप्रहरी न्यूरोड पुगेका थिए ।

केहिबेर मेयर बालेन शाहका समर्थक र नगरप्रहरीको अवरोधले पिच बनाउने काममा अवरोध भएको थियो । सोहिक्रममा नगरप्रहरी र सडक विभागका कर्मचारीबीच विवाद समेत भएको थियो ।

केही स्थानीय नगरप्रहरीविरुद्ध नाराबाजी गर्न पुगेका थिए । न्यूरोडमा तनाव सिर्जना भएपछि घटनास्थलमा नेपाल प्रहरी पुगेको थियो । प्रहरीको टोली पुगेपछि महानगर प्रहरी फर्किएका हुन् ।

अहिले सडक पिचको काम जारी रहेको छ ।

मेयर शाहको निर्देशनमा फुटपाथ विस्तारका लागि जेठ १२ गते पीच काटिएको थियो । सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनको अल्टिमेटम दिएर सडक जस्ताको तस्तै पार्न भनेको थियो । तर, महानगरले नबनाएपछि सडक विभागले सोमबार सडक टाल्न सुरू गरेको थियो ।