२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहलीलाई चौंथो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ आजबाट सुरु भएको छ । यस मेगा इभेन्टमा भारतीय टोलीको खेलअघि स्टार ब्याट्सम्यान विराट कोहलीले इतिहास रचेका छन् ।

आईसीसीले विराट कोहलीलाई ठूलो पुरस्कार दिएको छ । विराट कोहलीले आईसीसी ओडीआई क्रिकेटर अफ द इयर २०२३ को अवार्ड पाएका छन् ।

३५ वर्षीय कोहलीसँगै यस अवार्डका लागि शुभमन गिल, मोहम्मद शामी र न्यूजिल्याण्डका डेरिल मिचेल सँगै मनोनयनमा परेका थिए तर कोहलीले अवार्ड जिते । यसैबीच किङ कोहलीले यो अवार्ड भारत र बंगलादेशबीचको टी–२० विश्वकपको अभ्यास खेलअघि पाएका छन्, जसको भिडियो आईसीसीले आफ्नो इन्स्टाग्राम ह्याण्डलमा सार्वजनिक गरेको छ ।

विराट कोहलीले चौंथो पटक आईसीसी ओडीआई क्रिकेटर अफ द अवार्ड जितेका हुन् । विराट यो अवार्ड चार पटक जित्ने पहिलो खेलाडी बनेका छन् । विराटले यसअघि २०१२, २०१७, २०१८ मा पनि यो अवार्ड जितेका थिए । विराटपछि दक्षिण अफ्रिकाका पूर्व ब्याट्सम्यान एबि डिभिलियर्सले तीन पटक यो अवार्ड जितेका छन् । यस्तै, महेन्द्र सिंह धोनी, कुमार सांगकारा र बाबर आजमले २–२ पटक यो अवार्ड जितेका छन् ।

कोहलीले एकदिवसीय विश्वकप २०२३ मा ११ इनिङ्समा ९५ को औसतमा कुल ७६५ रन बनाएका थिए । यस अवधिमा कोहलीले ३ शतक र ६ अर्धशतक प्रहार गरेका थिए ।

कोहलीले विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्धको एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमान तोडे । उनले महान ब्याट्सम्यान सचिन तेन्दुलकरको विश्व कीर्तिमान तोड्दै एकदिवसीय क्रिकेटमा आफ्नो ५० औं शतक बनाए ।

तर, उनको उच्च प्रदर्शनका बाबजुद पनि भारतीय टोली फाइनलमा अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो ।