२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ आजबाट सुरु भएको छ । उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको क्यानडाले १९४ रन बनाएको थियो । यो कठिन लक्ष्य आयोजकले ३ विकेट गुमाएर पुरा गर्यो ।

अमेरिकाका लागि आरोन जोन्स र एन्ड्रियास गोउसले बलियो पारी खेले । योसँगै क्यानडाका फास्ट बलरको नाममा लज्जास्पद कीर्तिमान दर्ता भएको छ ।

लक्ष्य पछ्याउँदा अमेरिकाले सुस्त सुरुवात गर्यो । पहिलो पावरप्लेमा अमेरिकाले १ विकेटमा ४१ रन मात्र जोडेको थियो । टोलीलाई सातौं ओभरमा दोस्रो झट्का लागेको थियो तर गोउस र जोन्सले मिलेर तेस्रो विकेटका लागि कीर्तिमानी शतकीय साझेदारी गरे ।

उनीहरुले ५८ बलमा १३१ रन जोडे । इनिङ्समा दुवैले मिलेर १४ औं ओभरमा कुल ३३ रन लिएका थिए । यो टी–२० विश्वकपको दोस्रो महँगो ओभर हो ।

क्यानडाका फास्ट बलर जेरेमी गोर्डनले वाइड ओभरको सुरुवात गरेका थिए । त्यसपछि जोन्सले छक्का र चौका प्रहार गरे । चौथो बल फेरि वाइड थियो र त्यसपछिको बल नो–बल थियो । फ्री हिट बल पनि नो–बल थियो । यसमा आरोन जोन्सले छक्का प्रहार गरे । त्यसपछि गोर्डनले फेरि वाइड बल फ्याँके जोन्सले एक रन लिए । त्यसपछिका दुई बलमा गोउसले एक छक्का र एक चौका प्रहार गरे । यो ओभरमा कुल ११ बल बलिङ गरिएको थियो ।

२००७ टी–२० विश्वकपको उद्घाटन संस्करणमा इंग्ल्याण्डका फास्ट बलर स्टुअर्ट ब्रोडले एक ओभरमा ३६ रन दिएका थिए । भारतका पूर्व अलराउन्डर युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । १७ वर्षपछि क्यानडाका बलरले टी–२० विश्वकपमा एक ओभरमा ३० भन्दा बढी रन (३३) दिएका छन् । गोर्डनले तीन ओभरमा ४४ रन खर्चे ।