२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ आजबाट सुरु भएको छ । उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको क्यानडाले १९४ रन बनाएको थियो । यो कठिन लक्ष्य आयोजकले ३ विकेट गुमाएर पुरा गर्यो ।

अमेरिकाका लागि आरोन जोन्स र एन्ड्रियास गोउसले बलियो पारी खेले । योसँगै क्यानडाका फास्ट बलरको नाममा लज्जास्पद कीर्तिमान दर्ता भएको छ ।

लक्ष्य पछ्याउँदा अमेरिकाले सुस्त सुरुवात गर्यो । पहिलो पावरप्लेमा अमेरिकाले १ विकेटमा ४१ रन मात्र जोडेको थियो । टोलीलाई सातौं ओभरमा दोस्रो झट्का लागेको थियो तर गोउस र जोन्सले मिलेर तेस्रो विकेटका लागि कीर्तिमानी शतकीय साझेदारी गरे ।

उनीहरुले ५८ बलमा १३१ रन जोडे । इनिङ्समा दुवैले मिलेर १४ औं ओभरमा कुल ३३ रन लिएका थिए । यो टी–२० विश्वकपको दोस्रो महँगो ओभर हो ।

क्यानडाका फास्ट बलर जेरेमी गोर्डनले वाइड ओभरको सुरुवात गरेका थिए । त्यसपछि जोन्सले छक्का र चौका प्रहार गरे । चौथो बल फेरि वाइड थियो र त्यसपछिको बल नो–बल थियो । फ्री हिट बल पनि नो–बल थियो । यसमा आरोन जोन्सले छक्का प्रहार गरे । त्यसपछि गोर्डनले फेरि वाइड बल फ्याँके जोन्सले एक रन लिए । त्यसपछिका दुई बलमा गोउसले एक छक्का र एक चौका प्रहार गरे । यो ओभरमा कुल ११ बल बलिङ गरिएको थियो ।

२००७ टी–२० विश्वकपको उद्घाटन संस्करणमा इंग्ल्याण्डका फास्ट बलर स्टुअर्ट ब्रोडले एक ओभरमा ३६ रन दिएका थिए । भारतका पूर्व अलराउन्डर युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । १७ वर्षपछि क्यानडाका बलरले टी–२० विश्वकपमा एक ओभरमा ३० भन्दा बढी रन (३३) दिएका छन् । गोर्डनले तीन ओभरमा ४४ रन खर्चे ।




भर्खरै