२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर



अ+ अ-

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

ट्राफिक नियम मिच्ने सवारी चालकलाई स्वयंसेवक ट्राफिकका रुपमा सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।

बझाङको थलरा गाउँपालिका १ सिम्तोलाका २२ वर्षीय कृष्ण विकसहित ६ जनाले रिट दायर गरेका हुन् ।

सरकारको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत र संविधानले अवलम्बन गरेका सिद्धान्त एवं मौलिक हकको हनन भएको रिटमा उल्लेख गरिएको छ ।

गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको दिन महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने र मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उनीहरुको साटो सडकमा सघाउनुपर्ने निर्णय गरेका थिए ।