१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

बरञ्जाको सात वर्ष पुरानो धुलेमेला

बरञ्जाको सात वर्ष पुरानो धुलेमेला
अ अ+ अ-

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ वडामा पर्ने बरञ्जाका बासिन्दाले सात वर्ष पुरानो धुलेमेला मनाउने परम्परालाई निरन्तरता दिएका छन् । स्थानीयले हरेक वर्ष जेठमा चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्लबारदेखि तीनदिनसम्म धुलेमेला मनाउने गर्दछन् ।

बरञ्जा गाउँका ५४ वर्षीय कुरिया मगरले प्रत्येक वर्ष जेठमा चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्गलबारदेखि यो मेला मनाउने गर्दछन् । यस वर्ष जेठ १५ गतेदेखि सुरु भएकामा बिहीबार सकिएको मङ्गला–३ का वडाध्यक्ष याम रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरञ्जा क्षेत्रमा तत्कालीन समयमा आएका ५४ घर कुरिया मगरले विसं १३१२ मा थर्पुमा कोतघर निर्माण गरेसँगै धुलेमेला मनाउन थालेको तथ्य भेटिएको छ । “१३औँ शताब्दीदेखिको धुलेमेला मनाउने परम्परागत सांस्कृतिक पर्वलाई जिवन्त राख्न निरन्तरता दिएका छौँ”, वडाध्यक्ष रोकाले भन्नुभयो, “दिवङ्गत आफन्तहरुको पितृ उद्धारका लागि सात सय वर्षअघि मनाउन थालिएका धुलेमेलालाई पछिल्लो पुस्ताले समेत आफ्नो संस्कारका रूपमा निरन्तरता दिएका छन् ।”

बरञ्जाका ५४ कुरिया मगरको बस्ती विस्तारसँगै राम्जाली रोका, बझाङी रोका, पुन, मर्चथोके रोका, मास्ना घर्ती, दर्लामी घर्ती, सुतप्राई घर्ती, बुढाथोकी र फगामी घर्ती गरी नौ थरका पुर्खा मिलेर घुम्दै हतियार धनुष वाँण बोकेर जङ्गली जनावरको सिकार गर्दै तरुल, भ्याकुर खोजेर खाँदै आफ्ना परिवारसहित बरंजामा पुगेपछि बस्नका लागि उपयुक्त स्थान देखेपछि यही क्षेत्रमा बसाइँ बसेको किम्बदन्ती रहेको धुलेमेला व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर रोकाले बताउनुभयो ।

मुख्य गरेर तीन दिन मनाइने मेलाका लागि नौ दिनअघि पौराणिक विधि पूरा गरी जाँड राखेपछि सुरुआत भएको मानिने उहाँले बताउनुभयो । “पहिलो दिन बरञ्जाको फेदीमा बग्ने अर्जेखोलामा गएर माछा सिकार गरी ल्याएर विधिपूर्वक पितृलाई चढाएपछि बरञ्जाको धुलेमेला मान्ने समुदाय बसोबास भएको क्षेत्रमा खेतीपातीका काम बन्द गर्ने ९बार्ने० गरिन्छ”, समितिका अध्यक्ष रोकाले भन्नुभयो, “पहिलो दिन पितृ चढाउने र काम बार्ने, दोस्रो दिन पराङ हाल्ने र अन्तिम दिन मुख्य विधि गरेपछि यस वर्षको धुले औपचारिकरूपमा समापन हुन्छ ।”

धुलेमेला पर्व मनाएपछि बरञ्जा गाउँमा बर्खेबाली लगाउने खेतीपातीको काम खुल्ने रोकाको भनाइ छ । पितृ चढाएपछि तीनदिनसम्म नुहाउने, धुने तथा घरबाहिरको खनजोतलगायत कार्य गर्न पूर्णरूपमा प्रतिबन्ध लगाइने गरिन्छ । धुलेमेलाको समयमा मेला तथा पूजा हुने कोतघर नजिक ५४ कुरियाबाहेकका अन्यलाई जान निषेध गरिन्छ ।

बरञ्जाका घर्ती, रोका, बुढाथोकी र पुनमगर समुदायका ५४ घरधुरीले आफ्नो क्षेत्रमा परम्परागत नियम बनाउने क्रममा धुलेमेलाको नामकरण गरेका महेन्द्ररत्न आधारभूत विद्यालयका प्रधानाध्यापक चित्र रोकाले बताउनुभयो ।

अन्तिम अर्थात् समापनका दिन ५४ कुरिया मगरको कोतघरभित्रका पाका पुस्ताले एक सय १२ श्लोक गीत गाउने र उक्त गीतका श्लोक गाइसकेपछि साँझ धुलेमेला समापन हुन्छ । धनुषवाण समातेर दर्शकलाई मनोरञ्जन दिने प्रचलन रहेको छ । मङ्गलाका अध्यक्ष रोकाले म्याग्दीको मौलिक संस्कृति र परम्परा मानिएको धुलेमेलाको मौलिकता जोगाउन प्राथमिकता दिइएको बताउनुभयो । मेलाका क्रममा पराङ हाल्ने, पहाडमा जाने पदमार्ग बनाउन र थर्पुकोतघर संरक्षणमा पालिकाले सघाएको उहाँको भनाइ छ ।

महेन्द्ररत्न मावि बरंजाका शिक्षक गणेश पुनले धुलेमेलामा गाइने गीत र नाचिने माकुर नृत्यको कला र सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक देखिएको बताउनुभयो । उहाँले पुस्ता हस्तान्तरण र संस्कृति संरक्षणका लागि पनि परम्परागत यस्ता मेलालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । रासस