२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् ।

शुक्रबार दिउँसो नेता सिंह प्रोस्टेटको उपचारका लागि दिल्ली गएका हुन् ।

वीर अस्पताल तथा अन्य अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम थप उपचारका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ । नेता सिंह यसअघि पनि वैशाख १२ गते दिल्ली गएका थिए ।

उपचारका क्रममा प्रोस्टेट पुष्टि भएपछि अप्रेसनका लागि सिंह शुक्रबार दिल्ली उडेका छन् । सिंह शनिबार अस्पताल भर्ना हुने र २१ गते उनको अप्रेसन हुने उनको सचिवालयले जनाएको छ ।