२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन



अ+ अ-

पर्वत । पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू भएको छ । गर्मीयाम र खडेरीका बेला बजारमा अत्याधिक माग हुने खरबुजा तराईका नदीबगर र बलौटे पाँगो माटो भएका ठाउँमा खेती हुने गरेकामा पहाडी जिल्ला पर्वतमा पनि उत्पादन गरिएको हो । यसअघि परीक्षणका रूपमा उत्पादन सफल भएपछि अहिले व्यावसायिक रुपमा उत्पादन थालिएको हो ।

कुश्मा नगरपालिका–७ मा रहेको पुरी एग्रो फार्मका सञ्चालक नीलराज पुरीले चार रोपनी क्षेत्रफलमा खरबुजा लगाउनुभएको छ । विगत १८ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका उहाँले खरबुजाको परीक्षण उत्पादन सफल भएपछि अहिले व्यावसायिक रूपमा अगाडि बढाइएको बताउनुभयो । “गर्मी क्षेत्रमा उत्पादन हुने यो फल पहाडी जिल्ला र चिसो हावापानी भएका क्षेत्रमा पनि उत्पादन गर्न सकिँदो रहेछ”, सञ्चालक पुरीले भन्नुभयो,“तीन वर्षको परीक्षण खेतीपछि अहिले व्यावसायिकरूपमा खरबुजा खेती गरिरहेको छु । गत फागुनमा लगाएको खरबुजा अहिले बिक्री वितरणका लागि तयार भएको छ ।”

तरकारी खेतीसँगै खरबुजा खेतीसमेत गरिरहेका उहाँले उहाँले सुरुमा तीन किलोग्रामसम्म उत्पादन भएकामा अहिले सात किलोसम्म फल लागको बताउनुभयो । “बगरमा खेती हुन्छ भन्ने सुनेको थिए तर तरकारी खेती र माटोमा नयाँ अनुसन्धान गर्ने क्रममा खरबुजा खेती गरेको थिए । बलौटे माटो, पानी कम भएको क्षेत्रमा पनि खरबुजा उत्पादन सफल भएको छ”, उहाँले भन्नुभयो,“अहिले थोरै जग्गामा लगाएको थिएँ, उत्पादन र माग राम्रो भएकाले आगामी वर्षमा खेती विस्तार गर्ने तयारीमा छु ।”

कुश्मा नगरपालिका–७ का वडासदस्यसमेत रहनुभएका पुरीले जनताको सेवासँगै कृषि उत्पादन गरेर प्रशस्त आम्दानी गरिरहनुभएको छ ।




भर्खरै