२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमण, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकातिर ब्यापक गर्मी, अर्कोतिर पानीको हाहाकार, प्रदूषित पोखरीको पानी पिउँदै स्थानीय



अ+ अ-

एजेन्सी । भारतको महाराष्ट्रमा एउटा अचम्मको घटना बाहिर आएको छ । अमरावती जिल्लाको मरियमपुर गाउँ र वरपरका गाउँलेहरू यो चर्को गर्मीमा पिउने पानीको अभावमा परेका छन् ।

यहाँका जनताले आफ्नो ज्यान जोखिममा पारेका छन् । कच्ची सडक र अग्ला पहाडबाट जनता पानी लिन जाने गरेका छन् । यी क्षेत्रहरूमा पानीको एकमात्र स्रोत प्रदूषित पोखरीहरू हुन्, जसले यहाँका गाउँलेहरूको आवश्यकता पूरा गरिरहेका छन् । यसबाहेक प्रदूषित पोखरीको किनारमा खाल्डा खनेर पानी प्रयोग गरिरहेका छन् ।

कुनै न कुनै रूपमा यी गाउँलेहरू पानी ल्याइरहेका छन्, तर यसको प्रयोग झन् खतरनाक छ । दूषित र अस्वस्थ पानीले पनि मानिसलाई रोगी बनाउँदै लगेको छ । यो फोहोर पानी लिन गाउँलेहरू थुप्रो किलोमिटर पैदल हिँडिरहेका छन् । खाडलको पानी सकिएपछि पोखरीबाट फोहोर पानी ल्याउनुपर्ने मरियमपुर गाउँका फुलकाई बेलसरे बताउँछन् ।

फुलकाई बेलसरेले भनिन्, ‘हामी यहाँ पानी लिन राति १०–११ बजेसम्म बस्छौँ । खाडलमा पानी सकिएमा पोखरीबाट फोहोर पानी लैजानुपर्छ । हामीले न त पानीको ट्याङ्कर पाइरहेका छौँ, न धारामा पानी पाइरहेका छौँ ।’