२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकातिर ब्यापक गर्मी, अर्कोतिर पानीको हाहाकार, प्रदूषित पोखरीको पानी पिउँदै स्थानीय



अ+ अ-

एजेन्सी । भारतको महाराष्ट्रमा एउटा अचम्मको घटना बाहिर आएको छ । अमरावती जिल्लाको मरियमपुर गाउँ र वरपरका गाउँलेहरू यो चर्को गर्मीमा पिउने पानीको अभावमा परेका छन् ।

यहाँका जनताले आफ्नो ज्यान जोखिममा पारेका छन् । कच्ची सडक र अग्ला पहाडबाट जनता पानी लिन जाने गरेका छन् । यी क्षेत्रहरूमा पानीको एकमात्र स्रोत प्रदूषित पोखरीहरू हुन्, जसले यहाँका गाउँलेहरूको आवश्यकता पूरा गरिरहेका छन् । यसबाहेक प्रदूषित पोखरीको किनारमा खाल्डा खनेर पानी प्रयोग गरिरहेका छन् ।

कुनै न कुनै रूपमा यी गाउँलेहरू पानी ल्याइरहेका छन्, तर यसको प्रयोग झन् खतरनाक छ । दूषित र अस्वस्थ पानीले पनि मानिसलाई रोगी बनाउँदै लगेको छ । यो फोहोर पानी लिन गाउँलेहरू थुप्रो किलोमिटर पैदल हिँडिरहेका छन् । खाडलको पानी सकिएपछि पोखरीबाट फोहोर पानी ल्याउनुपर्ने मरियमपुर गाउँका फुलकाई बेलसरे बताउँछन् ।

फुलकाई बेलसरेले भनिन्, ‘हामी यहाँ पानी लिन राति १०–११ बजेसम्म बस्छौँ । खाडलमा पानी सकिएमा पोखरीबाट फोहोर पानी लैजानुपर्छ । हामीले न त पानीको ट्याङ्कर पाइरहेका छौँ, न धारामा पानी पाइरहेका छौँ ।’