• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo
Latest
★   बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौँ: काँग्रेस प्रमुख सचेतक लेखक ★   एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत ★   लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिक पक्राउ ★   आइतबारसम्म देशभर मनसुन फैलिने ★   टी–२० विश्वकपमा आज भारत र अफगानिस्तान भिड्दै ★   बेबी बम्पमा सुन्दर देखिईन् दीपिका पादुकोण ★   युएसएआईडीको किसान २ परियोजनाद्वारा नेपालको कृषि क्षेत्रको प्रवर्द्धन ★   खराब सहकारीलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति छ: सहकारी मन्त्री ★   लालुपाते सहकारी घोटला प्रकरण: बचतकर्ताको रकम फिर्ता गर्दै सञ्चालक समिति ★   रासायनिक मलको अभाव हुँदैन: मन्त्री साह

पूर्वाञ्चल विश्वविद्यालय र विभिन्न १३ कम्पनीबीच सम्झौता



काठमाडौँ: विश्वविद्यालयबाट उत्पादित मानव स्रोत व्यवस्थापन र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसँग समझदारी गरेको छ ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका विभिन्न विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारी, इन्टर्नसिप, अनुसन्धान, तालिम, अन्तक्र्रिया, सङ्कायगत आदानप्रदानलगायतका क्षेत्रमा काम गर्नेगरी विश्वविद्यालय र ती कम्पनीका प्रतिनिधिबीच हस्ताक्षर भएको हो ।

विश्वविद्यालयले लिपफ्रग टेक्नोलोजी, इन्फो डेभलपर प्रालि, ओम फर्मास्युटिकल्स एण्ड ल्याब्रोटोरिज, द फ्युज मेसिन नेपाल प्रालि, एफवान सफ्ट, द सेन्टर फर मलेक्युलर डाइनामिक्स, काठमाडौँ सेन्टर फर जियोनोमिक्स, एनएमबी बेक, नेपाल एग्रो बायोटेक एण्ड रिसर्च सेन्टर, एफवान सफ्ट, नर्भिक हस्पिटल प्रालि, नेपाल एग्रो सेन्टर प्रालि र नेपाल एग्रो इक्वइप्मेन्ट प्रालि, मिडिया एण्ड इन्टरटेन्मेन्ट स्किल काउन्सिल र ए प्लस एशोसियट मुम्बईलगायतका संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो । एनएमबी बैंकसँगको समझदारीअनुसार बैंकले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई रु पाँच लाखसम्म आधारदरमा दुई प्रतिशत नबढ्ने गरी अध्ययन कर्जा उपलब्ध गराउने भएको विश्वविद्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

यसैगरी अन्य कम्पनीसँगको सम्झौताअनुसार विश्वविद्यालयका विद्यार्थीलाई अनुसन्धान तथा प्राज्ञिक अभ्यास र तालिम आदिमा सहयोग प्राप्त हुनेछ । सो सम्झौतापत्रमा विश्वविद्यालयकातर्फबाट विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा डा पवनकुमार झा र सहायक डिन मनोजकुमार हलवाइले हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौतापछि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलति प्रा डा विजुकुमार थपलियाले सम्झौताले विश्वविद्यालय तथा सम्बद्ध कम्पनी दुवै पक्षको हित हुने विश्वास व्यक्त गर्नुभयो ।

यस सम्झौताबाट विश्वविद्यालयको प्राज्ञिक एवं अनुसन्धानका क्षेत्रमा सहायता पुग्ने भन्दै यसबाट आफूलाई खुसी लागेको उहाँले बताउनुभयो । त्यस अवसरमा विभिन्न कम्पनीका प्रतिनिधिले पनि उक्त सम्झौताले दुवै पक्षको हितमा काम गर्ने विश्वासका साथ विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए ।