१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दिबासबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना



अ+ अ-

काठमाडौँ: बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीको गोलन्जोर वडा नं ७ मा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ ५ः३० बजे आसपासमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बस सडकबाट १० मिटर तल खसेको थियो ।  महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस वाग्मती प्रदेश ०१० प ०१ – १७३२ पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो ।

बसमा २८ जना सवार थिए । दुर्घटनामा घाइते भएकालाई स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा पठाइएको छ । गम्भीर घाइतेलाई धुलिखेल अस्पताल पठाइएको छ । घाइतेहरु सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।