१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दिबासबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना



अ+ अ-

काठमाडौँ: बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीको गोलन्जोर वडा नं ७ मा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ ५ः३० बजे आसपासमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बस सडकबाट १० मिटर तल खसेको थियो ।  महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस वाग्मती प्रदेश ०१० प ०१ – १७३२ पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो ।

बसमा २८ जना सवार थिए । दुर्घटनामा घाइते भएकालाई स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा पठाइएको छ । गम्भीर घाइतेलाई धुलिखेल अस्पताल पठाइएको छ । घाइतेहरु सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।