२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको भिसा फेरि पनि रिजेक्ट



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि पनि रिजेक्ट भएको छ ।

अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका सन्दीपको भिसा दोस्रो पटक पनि रिजेक्ट भएको हो ।

टी-२० विश्वकप क्रिकेट खेल्नका लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपको आवेदन यसअघि पनि अस्वीकार भएको थियो ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै लामिछानेको निलम्बन फुकुवा गर्दै उनलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी थियो । विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले नोट पनि लेखेको थियो ।

तर, अमेरिकी दूतावासले  पुन:  भिसा दिन अस्वीकार गरेपछि सन्दीपको विश्वकप खेल्ने सपना टुटेको छ ।

सन्दीपले यसअघि विश्वकपमा खेल्न नपाए पनि टोलीको सफलताका लागि आफू खुसी भएको बताएका थिए ।