२२ भाद्र २०८३, सोमबार
,
Latest
सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनन्त-राधिकाको विवाह १२ जुलाई मा, विहेको कार्डमा ‘ड्रेस कोड’ सहितको जानकारी



अ+ अ-

एजेन्सी । रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र उद्योगपति विरेन मर्चेन्टकी छोरी राधिका मर्चेन्टको विवाह छिट्टै हुन लागेको छ । अहिले यो जोडी इटालीको क्रुजमा प्रि-वेडिङ सेरोमनीमा व्यस्त छन् । अनन्त-राधिकाको पहिलो प्रि(वेडिङ समारोह मार्चमा गुजरातको जमानगरमा आयोजना गरिएको थियो।

अनन्त(राधिकाको क्रुज पार्टीमा सहभागी हुन शाहरुख खानदेखि सलमान खानसम्म सबै बलिउड स्टारहरु इटाली पुगेका छन् । धेरै विदेशी सेलिब्रेटीहरू पनि यो उत्सवको हिस्सा बनिरहेका छन्। यसैबीच अनन्त–राधिकाको विवाहको निमन्त्रणा कार्ड पनि बाहिरिएको छ ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको भव्य विवाह मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ । यो जोडी जुलाई १२ मा विवाह बन्धनमा बाँधिदैछन् । विवाहको कार्ड परम्परागत रातो र सुनौलो रंगको छ। जोडीको विवाह समारोहको विवरण पनि कार्डमा दिइएको छ।

तीन दिनसम्म चल्ने उक्त समारोहको पहिलो अर्थात शुभ विवाह समारोह जुलाई १२ तारिखमा हुनेछ । अतिथिहरूलाई ड्रेस कोड भारतीय परम्परागत अनुसारको लगाउन भनिएको छ ।

जुलाई १३ मा शुभ आशीर्वादको दिन हुनेछ र ड्रेस कोड भारतीय औपचारिकभनिएको छ। १४ जुलाईमा मंगल उत्सव वा विवाह रिसेप्शन हुनेछ र ड्रेस कोड ‘भारतीय चिक’ हुनेछ।