२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो

इन्टेग्रीटी आईकन २०२० सार्वजनिक

इन्टेग्रीटी आईकन २०२० सार्वजनिक
अ अ+ अ-

काठमाडौँ । कोभिड – १९ को महामारीले व्यक्तिगततथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको छ । महामारीले निम्त्याएको चुनौतीकाबावजुतपनि, हरेक वर्ष जस्तै, यस वर्ष पनि अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रीटी आईकन २०२० लाई सार्वजनिक गरेको छ । इन्टेग्रीटी आईकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुतगर्ने कर्मचारीलाई प्रोत्साहनगर्ने र निष्ठापूर्ण समुदायनिर्माण गर्न थलिएको खुलाअभियानहो । ७वर्ष अगाडी नेपालबाट सुरु भएको अभियानहालविश्वका १२ मुलुकमापुगिसकेको छ ।

यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्तभएका १५०२ मनोनयन बाट निर्णयक समितिले छनौट गरेका थिए ।निर्णायक समितिमाअख्तियार दुरुपयोग अनुसन्धानआयोगकापूर्व प्रमुखआयुक्त सुर्यनाथउपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिकपुनः संरचना सहजिकरण समितिकाअध्यक्षएवम् प्रशासनविद् काशि राजदाहाल, पूर्र्व सचिवजीवनप्रभालामा, नेपालप्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र आइआइडिएस सेन्टर फर गभर्नेन्सकानिर्देशक सुचिताप्याकुरेल रहनुभएको थियो ।

इन्टेग्रीटी आइकन २०२० का लागि छनौट भएकाव्यक्तित्वको संक्षिप्तविवरण यस प्रकार रहेको छः
आरतीथारु,जनस्वास्थ्यनिरीक्षक, नेपालगञ्ज स्वास्थ्यचौकीः प्युठान जस्तो विकट ठाउँमा कार्यरत हुँदाउनले सुत्केरी महिलाकालागि गरेको कामउल्लेखनिय छ । उनले त्यहाँ रहँदा, सुत्केरी सेवा सबैको पहुँचमा पु¥याउनबर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भुमिकानिर्वाह गरिन् । हाल नेपालगञ्जमा रहँदा कोभिड – १९ महामारीको समयमाउनले क्वारेन्टाईनमाकामगर्दा देखाएको सहास, आईसोलेशन र होम आईसोलेशनमा बस्ने संक्रमितलाई गरेको सेवाको सबैले प्रसंशा गरेकाछन् ।

दिपक ज्ञवाली,महाशाखाप्रमुख, उद्योग, पर्यटन, बन तथावातावरण मन्त्रालय, लुम्विनीप्रदेश, बुटवलः दिपक ज्ञवालीले बनलाई आयस्रोतको माध्यमबनाउन सकिन्छ, अतिक्रमित बन राज्यको नाममाफिर्ता गर्न जोखिमको सामनागर्न सक्नु पर्दछ र समुदाय र विशेष गरेर महिला समुह परिचालन गरेर तस्करीलाई निरुत्साहनगर्न सकिन्छ भनेर उदाहरण प्रस्तुतगर्नुभएको छ । टिम वर्कमाविश्वास गर्ने र जिम्मेवारी बाडफाड गरेर कामगर्ने भएकोले उनीकार्यरत कार्यालयले उत्कृष्ट कार्यसम्पादनगर्दै आईरहेकाछन् । 

हेम बहादुर आले मगर, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, ओखलढुंगाः हेम बहादुर आले मगरले कृषकलाई दिगो व्यवसायिक खेतीगर्ने तालिमदिनफार्म स्कुल सञ्चालनमाल्याए । त्यसबाट कृषकले खेतीगर्ने तरिका र प्रविधिको उचितप्रयोग गरेर आयआर्जन गर्नसके । त्यसै गरेर, कृषकको समस्याबुझेर समाधानगर्न निमितअगुवा कृषक गोष्ठिको आयोजना गरे । वास्तविक कृषकको पहिचान गरेर प्रभावकारी स्रोत परिचालनगर्नमापनिउल्लेख्य काम गरे ।

मञ्जु महत, अधिकृत, महिला, बालबालिकातथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछामः मञ्जु महतले अछाममा घरेलु हिँसा र छाउपडी प्रथाकमगर्न र बालबालिकाको नेतृत्वविकास गर्नमा ठुलो योगदान गरेकिछिन् । यदिकुनै महिलाले घरेलुहिँसाको सामनागरिन भने सबैले पहिलो पटक सम्झिने नामहो मञ्जु महत । पहिला वस्तु स्थीतीबुझ्ने, व्यवहारिक कार्ययोजनाबनाउने र त्यसको प्रभावकारी कार्यान्वयनगर्नु उनको कार्यशैलीहो । 

डा. नविनबन्धु पहाडी, शिक्षक, नीलकण्ठ उच्चमाध्यामीकविद्यालय, धादिङः पहाडीले धादिङमादलित र सिमान्तकृत समुदायकाबालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रि व्यक्ति तथा संस्थासँगको सहकार्यमा विद्यालय स्थापनागर्न नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् । त्यसै गरेर आमाबाबु गुमाएका बालबालिका अभावका कारण पढाईबाट बञ्चित नहोउन भन्नकालागि बालअनाथाश्रम पनि सञ्चालन गरेकाछन् । 

यी आईकन र उनिहरूले गरेका कामलाई हाम्रो सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट आउँदो एक हप्ता भरी प्रस्तुतगर्नेछौँ । उहाहरूलाई प्रोत्साहितगर्न यहाँहरूको सहभागिताको लागिपनि अनुरोध गर्दछौँ । हामीलाई फलो गर्दै गर्नुहोला । आगामी माघ ९ गते भर्चुअल माध्यमबाट सम्मान समारोह आयोजना गनेर्छौँ । नेपाल समाचारपत्र दैनिक