२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो

प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी

प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । नेकपा (दाहाल–नेपाल) समूहको आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीले निरंकुश र अधिनायकवादी चरित्र रोक्न तथा पूर्वप्रधान न्यायाधीशलाई नधम्क्याउन सुझाव दिएको छ । बैठकपछि नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले चार पूर्वप्रधानन्यायाधीशले संयुक्त वक्तव्य दिएकामा प्रधानमन्त्री ओलीले अपमानित गर्ने र धम्काउने काम गरेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीलाई आफ्नो चरित्र सुधार गर्न चेतावनी दिने निर्णय भएको बताए ।

‘चार पूर्वप्रधानन्यायाधीशले देश, जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता, सुशासनप्रतिको आफ्नो निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा अहिलेको प्रतिनिधिसभा विघटनबारे संवैधानिक व्यवस्था के छ भनेर संयुक्त वक्तव्य दिनु भएकामा उहाँहरुलाई प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गर्नुभएको छ । यो कार्य अत्यन्तै आपत्तिजनक छ । आजको बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा भत्र्सना गरेको छ,’ सचिवालय सदस्य एवं प्रवक्ता श्रेष्ठले भने ।

गत शुक्रबार संसद् विघटनको विरुद्धमा चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्थाको विरुद्धमा संसद् विघटन गरेको उल्लेख गरेका थिए । प्रवक्ता श्रेष्ठले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता प्रदर्शन गर्नुभएको चरित्र अधिनायकवादी र निरंकुश चरित्रका रूपमा लिँदै त्यस प्रकारको कार्य तत्काल रोख्न चेतावनी दिने निर्णय गरेको छ ।’ संवैधानिक अधिकार र स्वतन्त्रताका लागि सबैलाई एकजुट गर्न र रक्षा गर्न बैठकले आह्वान गरेको छ । यस्तै बैठकले राज्यको साधन स्रोतको लगानीमा सञ्चालिन सरकारी सञ्चारमाध्यमले कुनै गुटको प्रचारमा लागेको भन्दै त्यस्ता सञ्चारमाध्यमलाई गुटको सेवा गर्ने काम बन्द गर्न माग गरेको छ ।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्धमा यसअघि नै घोषणा गरिएको आन्दोलनका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउने निष्कर्ष बैठकको रहेको उनले बताए । यसैबीच पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार नेकपा दाहाल–नेपाल समूह निकटको अनेरास्ववियुले आइतबार बयलगाडा (याली निकालेका छन् । गणतन्त्र स्थापनाका लागि २०६२/०६३ भएको जनआन्दोलनमा प्रधानमन्त्री ओलीले ‘नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमरेरिका पुग्नुजस्तै हो’ भन्ने टिप्पणी गरेका थिए । ओलीले जनआन्दोलन अर्थहीन रहेको भन्ने सन्दर्भमा त्यतिबेला भनेको उक्त भनाइलाई व्यंग्य गर्दै अनेरास्ववियुले काठमाडौंसहित देशका विभिन्न ठाउँमा बयलगाडासहितको (याली प्रदर्शन गरेको हो ।

अनेरास्ववियुकी नेतृ आरती लामाले प्रधानमन्त्रीले गणतन्त्र र संघीयता नचाहेको कुरा उनको विगतका भनाइ र व्यवहारबाटै प्रस्ट देखिएकाले बयलगाडा प्रदर्शन गरिएको बताइन् । जनआन्दोलन चर्किंदै जाँदा प्रधानमन्त्री ओलीले बयलगाडामा चढेर अमेरिका जानुजस्तै रहेको टिप्पणी गरेका थिए । राजधानी दैनिक