• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण

सन्दीप आजै राति अमेरिका जान सक्ने !



file photo

काठमाडौँ । टी–२० विश्वकप खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने अमेरिका जाने तयारीमा रहेका छन् । यसअघि भिसा प्रक्रियाका कारण रोकिएका सन्दीप सम्भवत आजै अमेरिका जान सक्ने स्रोत बताउँछ । उनी अमेरिकी दूतावासबाट भिसा नपाएपछि अमेरिका जान पाएका थिएनन् ।

उनको अमेरिका जाने भिसाका लागि पहल भइरहेको थियो । जसअनुसार नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने बुझिएको छ ।

विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले नोट लेखिसकेको छ । भिसा मिलेमा सन्दीप आजै राति अमेरिका उड्ने छन् ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघ क्यान (क्यान)ले सन्दीपलाई विश्वकपमा सामेल गराउने प्रक्रिया थालेको थियो ।

तर, अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि उनी जान पाइरहेका थिएनन् । सन्दीपलाई भिसा दिन माग गर्दै विभिन्न स्थानमा प्रदर्शन समेत गरिएका छन् ।

जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि छन् ।

नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।