• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते ★   ‘मीरा: स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी गरिने, पहिलो प्रदर्शनी पोखरामा हुँदै ★   टी–२० विश्वकप २०२४ मा कसले कुन अर्वाड पाए ? ★   पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार ★   सुदूरपश्चिमका मुख्यमन्त्रीले फुटाए चार मन्त्रालय ★   प्रधानमन्त्री मोदीले सन्यास लिएका कोहलीलाई फोन गरेर के भने ? ★   पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध ★   ‘कलेजी कटाउन्या माया’ नयाँ भर्जनमा ★   किष्ट अस्पतालमा दुई कलेजो क्यान्सर बिरामीको कलेजो प्रत्यारोपण ★   सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता

अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो



काठमाडौँ । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिपछि थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याइएको छ ।

गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि उनलाई जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको रेफरपछि सिरोहियालाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

सिरोहियालाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको चिकित्सकहरूले जनाएका छन् । उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा रेफर गरिएको छ ।

जिल्ला अदालतले उनलाई सोमबार थप तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो ।