२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा



अ+ अ-

नवलपुर । सोमबार साँझदेखि परेको वर्षाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल खण्डको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीमा नवनिर्मित पुलको पहुँचमार्ग भासिँदा गएराति २ बजेदेखि सो सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक आज दिउँसो १२:१५ बजेदेखि एकतर्फी सञ्चालमा आएको प्रहरीले जनाएको छ । पुलको पहुँचमार्ग भासिएपछि पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन गैँडाकोटर्फ र पश्चिमबाट पूर्वतर्फ जाने सवारीसाधन भेडाबारीतर्फ रोकिएका थिए ।

नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार एउटा एक्साभेटर र एउटा लोडरको सहायताले सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो । उहाँले भन्नुभयो, “भासिएको पहुँचमार्गमा ट्रकको पछाडिको पट्टा भाँचिएकाले तत्काल सडक दुईतर्फी सञ्चालनमा ल्याउन समस्या देखिएको छ । यद्यपि सडक दुईतर्फी सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक एकतर्फी खुलेपनि यातायातको चाप घट्न समय लाग्ने बताउनुभयो । दुवैतर्फ गरेर २० किलोमिटर भन्दा लामो सवारीसाधनको लाइन रहेको उल्लेख गर्दै प्राथमिकताका आधारमा सवारीसाधन पठाइने उहाँले बताउनुभयो ।

अत्यावश्यक सवारीसाधन, साना सवारीसाधन, यात्रुबाहक सवारीसाधन पठाएर मात्रै ट्रक, टिप्पर पठाउने गरी एकतर्फी सडक सञ्चालन गरिएको उहाँको भनाइ छ । रासस