२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा



अ+ अ-

नवलपुर । सोमबार साँझदेखि परेको वर्षाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल खण्डको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीमा नवनिर्मित पुलको पहुँचमार्ग भासिँदा गएराति २ बजेदेखि सो सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक आज दिउँसो १२:१५ बजेदेखि एकतर्फी सञ्चालमा आएको प्रहरीले जनाएको छ । पुलको पहुँचमार्ग भासिएपछि पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन गैँडाकोटर्फ र पश्चिमबाट पूर्वतर्फ जाने सवारीसाधन भेडाबारीतर्फ रोकिएका थिए ।

नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार एउटा एक्साभेटर र एउटा लोडरको सहायताले सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो । उहाँले भन्नुभयो, “भासिएको पहुँचमार्गमा ट्रकको पछाडिको पट्टा भाँचिएकाले तत्काल सडक दुईतर्फी सञ्चालनमा ल्याउन समस्या देखिएको छ । यद्यपि सडक दुईतर्फी सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक एकतर्फी खुलेपनि यातायातको चाप घट्न समय लाग्ने बताउनुभयो । दुवैतर्फ गरेर २० किलोमिटर भन्दा लामो सवारीसाधनको लाइन रहेको उल्लेख गर्दै प्राथमिकताका आधारमा सवारीसाधन पठाइने उहाँले बताउनुभयो ।

अत्यावश्यक सवारीसाधन, साना सवारीसाधन, यात्रुबाहक सवारीसाधन पठाएर मात्रै ट्रक, टिप्पर पठाउने गरी एकतर्फी सडक सञ्चालन गरिएको उहाँको भनाइ छ । रासस