२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटअघि कांग्रेससहितका विपक्षी दलहरुको बैठक बस्दै



file photo
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक आज बस्दै छ । सरकारले बजेट सार्वजनिक गर्नुअघि विपक्षी दलहरुको बैठक बस्न लागेको हो । बैठक आज बिहान १० बजे संसद् भवनमा बस्नेछ ।

संसद्मा विपक्षीहरुको समान धारणा बनाउन बस्ने बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी हुनेछन् ।

सरकारले आज बजेट ल्याउने तयारी गरेको सन्दर्भमा यसबारे समान धारणा बनाउन विपक्षी दलको बैठक बस्न लागेको हो । बजेट प्रस्तुत गर्न आज दिउँसो एक बजे संयुक्त सदनको बैठक आह्वान गरिएको छ ।

यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक पनि आजै बस्दैछ । संघीय संसद भवनको ल्होत्से हलमा ११ बजे बैठक बस्ने छ ।

सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । कांग्रेसले केही समयदेखि सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको थियो ।