२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश



अ+ अ-

जनकपुरधाम । जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज आदेश जारी गरेको छ ।

न्यायाधीश यदुराज शर्माको एकल इजलासले अध्यक्ष सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषामा थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रन्जन आवाले जानकारी दिनुभयो ।

प्रहरी कार्यालय धनुषाले अध्यक्ष सिरोहियाको नागरिकतामा जन्ममिति खुलाएर गरिएको हस्ताक्षरको ‘फरेन्सिक’ परीक्षणका लागि पठाइएको र त्यो ‘रिपोर्ट’ आउन बाँकी रहेकाले थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला सरकारी वकिलमार्फत उक्त अदालतमा मागसहित आज उहाँलाई पेस गरेको थियो ।

प्रहरी अनुसन्धानमा रहेका आरोपित सिरोहियाको पक्षमा अधिवक्ता विनोद शर्मा, रमण कर्ण, दिनेश त्रिपाठी तथा किशोर पौडेलले बहस गर्नुभएको थियो । उच्च रक्तचाप र मुटुमा समस्या भएपछि तीन दिनदेखि काव्या अस्पताल जनकपुरमा उहाँको उपचार भइरहको बताइएको छ ।




भर्खरै