३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन्



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्स अब आईपीएलमा तेस्रो धेरै उपाधि जित्ने टोली बनेको छ । आईपीएल २०२४ को फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै केकेआरले तेस्रो पटक च्याम्पियन बन्ने उपलब्धि हासिल गरेको छ ।

शाहरुख खानले कोलकाताको यो ऐतिहासिक जित आफ्नी श्रीमती गौरी खान, छोरा र छोरी सुहाना खानसँग मनाएका छन् । खासगरी सुहाना खानको कुरा गर्ने हो भने कोलकाताको च्याम्पियन बनेपछि उनले बुबा शाहरुखलाई अँगालो हालिन् । उनको आँखाबाट आँसु पनि निस्किएको देखियो ।

केकेआर सन् २०१२ मा पहिलो पटक च्याम्पियन बन्दा सुहाना भर्खरै बच्चा थिइन् भने अब १२ वर्षपछि सुहानाको लुक्समा अचम्मको परिवर्तन आएको छ ।

सुहाना खानको जन्म २२ मे २००० मा मुम्बईमा भएको थियो । कोलकाता नाइट राइडर्सले आईपीएल २०१२ को फाइनलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएर पहिलो पटक आईपीएल ट्रफी जितेको थियो । त्यतिबेला सुहाना १२ वर्षकी मात्र थिइन् ।

उनको पुरानो तस्बिर सामाजिक सञ्जालमा निकै शेयर भइरहेको छ । यसैबीच, २०१४ मा कोलकाता च्याम्पियन बने पनि केकेआरले पहिलो ट्रफी जितेको १२ वर्ष बितिसकेको छ । यसको मतलब सुहानाको लुक्समा धेरै परिवर्तन आएको छ ।