• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

भावुक हुँदै सन्दीपले भने – मेरो सपना पूरा नभए पनि मेरो देशको सपना पूरा भएको छ



काठमाडौँ । टी–२० विश्वकप नजिकिँदै जाँदा नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले अमेरिकी दूतावासबाट भिसा पाउन सकिरहेका छैनन् ।

उनको भिसाको लागि नेपाल क्रिकेट संघ (क्यान)ले पहल गरिरहेको भए पनि सन्दीपले आजसम्म भिसा पाउन सकेका छैनन् ।

यसैबीच, सन्दीपले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो सपना पूरा हुन नसकेपनि देशको सपना पूरा भएको भन्दै आफू त्यसमा खुसी भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् – मेरो सपना पूरा नभए पनि म एक कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ ।

नेपाल विश्वकप २०२४ का लागि छनोट हुँदा सन्दीपले महत्वपूर्ण प्रदर्शन गरेका थिए । हरेक खेलाडीको विश्वकप खेल्ने सपना हुन्छ । नेपालले २०१४ पछि १० वर्षको अन्तरालमा दोस्रो पटक विश्वकप खेल्दैछ ।

जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि छन् ।

नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।