२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएन: काँग्रेस



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसद जीवन परियारले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भएपनि सत्तापक्षका अन्य राजनीतिक दलहरु गम्भीर नभएको बताउनु भयो । नेपाली काँग्रेसले लामो समयदेखि सहकारी पीडितहरु, वचतकर्ताहरुको वचतको सुरक्षा र ति पीडितहरुले अविलम्व आफ्नो वचत रकम फिर्ताको सुनिश्चितता खाजेको बताउनु भयो । उहाँले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको बताउनु भयो । उहाँले सही ढंगबाट छानबिन हुनुपर्ने काँग्रेसको माग रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी अत्यन्त गम्भीर भएका छौँ । नेपाली काँग्रेस पार्टीले लामो समयदेखि अघिल्लै सदनदेखि नै लाखौँलाख सहकारी पीडितहरु, वचतकर्ताहरुको वचतको सुरक्षा र ति पीडितहरुले अविलम्व आफ्नो वचत रकम फिर्ताको सुनिश्चितता खोजेका छन् । पहिलो प्राथमिकता त्यसमा छ । सहकारी विभागले समस्याग्रस्त सहकारीको सूचि सार्वजनिक गर्ने, हिजोआज पनि कयौँ सहकारीले अर्बौं रकम अपचलन गरेको भनेर सञ्चारमाध्यममा सुन्नु परिरेहेको छ । अहिले ५/६ दर्जन सहकारी संस्थाहरुले रकम अपचलन गरेको कुरा हामीले सुन्दै आएका छौँ । लाखौँ लाख वचतकर्ताहरुको रकम कसरी वचतकर्ताहरुको हातमा पुग्छ, पहिलो प्राथमिकता छ ।

हामीले माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजीले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेका छन् । त्यसको सही ढंगबाट छानबिन हुनुपर्छ भन्ने नेपाली काँग्रेसको धारणा हो । सत्ता पक्षले प्रश्तावमा सकारात्मक छाँै भन्ने र कहिले गलत व्याख्या गरिदिने कुराले अन्योलता आएको छ । हामीले जनताको वचत रकम फिर्ता र सुनिश्चित गर्ने कुरामा केन्द्रित छाँै । प्रधानमन्त्रीको पहल कदमी सकारात्मक छ तर सम्पूर्ण सत्ता पक्षको सोचेको जस्तो समस्या समाधान भन्नेतर्फ समस्यालाई अल्झाइरहने जस्तो देखिन्छ ।’

उहाँले सत्ता पक्षले प्रश्तावमा सकारात्मक छाँै भन्ने तर गलत व्याख्या गर्ने गरेको बतउनु भयो ।