• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना



काठमाडौँ । मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखाको साम्दोमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ ।

सशस्त्र प्रहरी नंं २९ गुल्म गोरखाको मातहत रहने गरी चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा आइतबार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उक्त बिओपी गोरखा सदरमुकामबाट करिब एक सय ६४ किलोमिटर उत्तरतर्फ रहेको छ । समुद्री सतहतबाट करिब तीन हजार आठ सय ७५ मिटरको उचाइमा स्थापना भएको बिओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सिमानामा रुइला नाका रहेको छ ।

नेपाल र चीन सीमा इलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटना, हिमपात, हिमपहिरोमा परेका नागरिकको उद्धार, अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने आपराधिक तथा अवाञ्छित क्रियाकलाप न्यूनीकरण, नियमित सीमास्तम्भ तथा सीमा इलाकाको निगरानीलगायत कार्य गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

यसअघि सशस्त्र प्रहरीले चीनतर्फ दार्चुलाको तिङ्कर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, सङ्खुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङ्गोलासहित नौ स्थानमा बिओपी स्थापना गरिसकेको छ ।

सशस्त्र प्रहरीले भारतको सिमानातर्फ दुई सय ४४ र चीनको सिमानातर्फ १० गरी सीमा क्षेत्रमा कूल दुई सय ५४ बिओपीको स्थापना गरेको छ । रासस