२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार भन्दा बढी



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गबारसम्म एक करोड चार लाख ७९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ५८४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ७९ हजार १७९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५१ हजार ३२७ जना पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको कारण २०० भन्दा कम व्यक्तिको मृत्यु आज दोस्रो दिन भएको सो मन्त्रालयले जानकारी दिएको छ 

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १६ हजार ५५८ सक्रिय सङ्क्रमित रहेका छन् । 

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३०६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १३ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ६९१ भन्दा बढीको मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड २६ लाख ५२ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो सोमबार एक दिनमा ८ लाख ९७ हजार ५६ जनाको कोभिड–१९ परीक्षण गरेको छ । -रासस