१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति

समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी

समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी
अ अ+ अ-

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेको छ ।

नेपाल पत्रकार महासंघले गैर पत्रकारहरुलाई समेटेर पत्रकारहरुको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमवार सञ्चारग्रामस्थित महासंघको केन्द्रिय कार्यालयको मुलगेटमा तालाबन्दी गरेको हो ।

गत जेठ ८ गतेको सहमति विपरित महासंघले गैर पत्रकारहरुलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएको त्यसको खारेजीको माग गर्दै केन्द्रिय कार्यालयमा तालाबन्दी लगाउनु परेको संगठनका अध्यक्ष विश्वमणि सुदेवीले बताउनु भयो । उहाँले सो सदस्यता न्यायोचित नहुँदासम्म आफूहरुले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि दिनुभयो ।

अध्यक्ष सुवेदीले भन्नुभयो, ‘गैर पत्रकाहरुलाई सदस्यता दिने काम, सदस्यता सूचिमा राख्ने काम भयो । र त्यसमा हामीले आपत्ति जनायौं । नेपाल पत्रकार महासंघको वैधानिक प्रावधान, वैधानिक अभ्यास अनुसार सदस्यतको उत्पति हुने र अन्त्य हुने दुवै कुरा जिल्ला शाखासँग निहित छ । प्रदेश र केन्द्रले अनुगमन मात्रै गर्ने हो । जिल्ला शाखाहरुले सिफारिस गरेका सदस्यहरु केन्द्रबाट सिधै हटाउने काम भएको छ । प्रदेशबाट हटाउने काम भएको छ । जिल्ला शाखाहरुले सुद्धिकरण गर्नुपर्छ भनेको नामहरुलाई केन्द्र र प्रदेशबाट राख्ने काम गरिएको छ । त्यसरी राखिएका नामहरु, ती व्यक्तिहरु पत्रकार होइनन । गैर पत्रकारहरुको संख्या बढी राखिएको छ । हामीले भन्यौं शुद्धिकरण । शुद्धिकरण के का लागि भन्दा पत्रकार महासंघलाई पत्रकारहरुको मात्रै बनाऔं भनेर । तर अहलिे गैर पत्रकारहरुको नाम रातारात थपेर फेरी अर्को सूचि ल्याइयो । त्यसमा अध्यक्ष र महासचिवले हस्ताक्षर गर्नुभएको छ । महासंघको स्टयाम्प हालिएको छ । र, त्यो निर्वाचन समितिलाई बुझाउनका निमित्त तयार पारिएको अवस्थामा हिजो राति हामीले प्राप्त गर्‍यौं ।

त्यो सदस्यता सूचिमा ८ गते तयार भएको सूचि भन्दा फरक नामहरु लेखेर आयो । पत्रकारिता पेशाबाट बाहिर रहेका अन्य पेशा र व्यवसाय गर्ने व्यक्तिहरुको नाम हामीले देखिसकेपछि अव पत्रकार महासंघलाई हामीले जे बनाउने भनेका थियौ, त्यो नबन्ने भयो भने पछि हामीले त्यो सूचि राखेज गर्नुपर्छ भन्ने मागका साथ नेपाल पत्रकार महासंघमा ताला लगाउनका निमित्त यो केन्द्रिय कार्यालयमा उपस्थित भएका छौं । जेठको २६ गते महासंघको तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने भन्ने कुरामा हाम्रो सहमती मात्रै होइन, एकदम दवावमूलक माग पनि छ । त्यही मितिमा चुनाव गरिनु पर्दछ । तर सदस्यताको सूचि न्यायोचित हुनुपर्दछ भन्ने हाम्रो माग रहेको छ । हामीले न्यायोचित ढंगले सदस्यता सूचि ल्याईयोस भनिरहँदा हामी माथि नै आक्रमण गर्ने काम भईराखेको छ ।

समाजवादी प्रेस संगठनसँग सम्बन्धित साथीहरु जो अघिल्लो सूचिमा पर्नु भएको थियो, ती साथीहरुको नाम पनि अहिले हटाउने काम भएको छ । र, विशेष गरेर २ वटा संगठनको स्वार्थमा ती संगठनलाई बलियो बनाउने भन्ने नाममा रातारात यस्तो काम भएको छ । छापामारा शैलीमा यस्तो काम भएको छ । नेपाल पत्रकार महासंघमा यसरी छापामार शैलीमा काम गर्न पाईदैन, सबै कामहरु पारदर्शी हुनुपर्दछ । सदस्यता निर्धारण गर्ने कुरामा पनि पारदर्शी हुुनुपर्दछ भन्ने माग रहेको छ । ८ गते भएको सहमतीमा पनि केही नामहरु थपिनुपर्ने थियो । त्यसो गर्नुको सट्टामा भएका नामहरु पनि हटाएर गैर पत्रकारलाई राखेर तयार पारिएको सूचिप्रति हाम्रो आपत्ति छ । त्यो खारेज हुनुपर्दछ । त्यो खारेज नहुँदाका दिनसम्म र न्यायोचित ढंगले सदस्यता सूचि नल्याउँदासम्म हामी सम्पूर्ण प्रक्रियाहरु अवरुद्ध गर्ने पक्षमा छौं । यसकारण हामीले महासंघको केन्द्रिय कार्यालयमा ताला लगाउन आएका छौं ।’

समाजवादी प्रेस संगठनले महासंघले नेपाल पत्रकार महासंघका आवद्ध आफ्नो संगठनमा आवद्ध पत्रकारहरुको नामावली सदस्यता सूचिबाट हटाएको भन्दै आपत्ति जनाउँदै आएको छ ।