१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति

जापानमा १५०० दर्शकले पलसँगै बसेर हेरे ‘पुजार सार्की’, आयोजक भन्छन्, ‘ऐतिहासिक भयो’

जापानमा १५०० दर्शकले पलसँगै बसेर हेरे ‘पुजार सार्की’, आयोजक भन्छन्, ‘ऐतिहासिक भयो’
अ अ+ अ-

काठमाडौं। गत बिहीबार रिलिज भएको चलचित्र ‘पुजार सार्की’ जापानमा ऐतिहासिक शो सम्पन्न भएको छ।

जापानमा नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक एकसाथ १५०० दर्शकले चलचित्र हेरेका हुन्। उक्त शोमा सहभागी हुन नेपालबाट यस चलचित्रका अभिनेता पल शाह र लेखक बिकास सुवेदी टोकियो पुगेका थिए।

नाकानो जेरो हलमा भएको शो मा नै बसेर पहिलो पटक अभिनेता शाहले यो चलचित्र हेरे। नेपालमा रिलिज भएको समयमा अर्को चलचित्रको छायाङ्कनमा व्यस्त रहेको र छोटो समयको लागि काठमाडौं रहेकोले उनले ‘पुजार सार्की’ हेर्न पाएका थिएनन्। अहिले विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा उक्त शो को भिडियो र फोटोहरू भाइरल भइरहेका छन्। भिडियो र फोटोमा अथाह भिड र क्रेज देखिएको छ।

उक्त शो का आयोजक मध्येका एक पत्रकार सचिन आचार्यले ‘आउट अफ कन्ट्रोल’ भिडका साथ चलचित्र चलाइएको बताए। “हामीले भिड थाम्नै नसक्ने अवस्था थियो। व्यवस्थापन मिलाउन खोज्दा भिड ‘आउट अफ कन्ट्रोल’ भयो। यो चलचित्र र अभिनेता पल शाहको क्रेज देखेर हामी छक्क परेका छौँ। चलचित्र पनि निकै राम्रो बनेको रहेछ। यो शो पछि थप ‘इन्क्वायरी’ आइरहेका छन्। जापानमा अन्य चार वटा शो हरू तय भइसकेका छन्,” यसअघि ‘कबड्डी ४’ चलचित्र रिलिज हुँदा पनि लगभग यस्तै भएको सम्झना गर्दै आचार्यले भने “तीन वर्षअघि ‘कबड्डी ४’ रिलिज गर्दा पनि लगभग यस्तै भएको थियो, तर अहिले जस्तो भने कहिल्यै भएको थिएन। हलको सिट सङ्ख्या १२०० जनाको हो, तर १५०० जना भन्दा धेरै भएपछि उभिएर र भुईँमै बसेर ‘पुजार सार्की’ हेरे। हल व्यवस्थापनले राख्न नमान्दा पनि दर्शकहरू हलबाट निस्किन नमानेपछि १५०० ले नै हेरे।”

मुख्य आयोजक खिमराज शाहले जापानमा ‘पुजार सार्की’ले इतिहास कायम गरेको बताए। उनी भन्छन्, “यहाँ यो चलचित्रको ऐतिहासिक शो सम्पन्न भयो। उत्कृष्ट प्रतिक्रिया पनि पायौँ। पल शाहले निकै भएको रहेछ आफ्नो चलचित्र हलमा नहेरेको। निकै उत्सुक हुनुहुन्थ्यो। चलचित्र हेर्दा उहाँ भाव विह्वल हुनुभयो। उहाँ आफैँले एक गीतमा नृत्य समेत गर्छु भनेर स्टेज चढ्नुभयो। संसारभरका दर्शकले ‘पुजार सार्की’लाई दिएको प्रेमलाई पलले धन्यवाद व्यक्त गर्नुभयो।”

बिहीबार रिलिज भएदेखि नै ‘पुजार सार्की’ले ब्लकबस्टर व्यापार गरिरहेको छ। पलले रिलिजको पहिलो दिन बिहीबार मध्यान्हदेखि काठमाडौंका विभिन्न हल भिजिट गरेर जापान तर्फ लागेका थिए। दिनेश राउतले निर्देशन गरेको यो चलचित्रमा पलसहित आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ। किङ्गडम नेटवर्कको ब्यानरमा सुबास भुसालले निर्माण गरेको ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेन्मेन्ट हो भने नेपाल वितरक आरआर फिल्मस हो।

आज ‘पुजार सार्की’ रिलिजको पाँचौँ दिन सोमवार पनि काठमाडौं र काठमाडौं बाहिरका उल्लेख्य हलमा दर्शकको चाप देखिएको छ। मङ्गलवार गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा भएकोले यो चलचित्रले दर्शकलाई पुन: हलमा फर्काउने विश्वास गरिएको छ।