२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीले टी–२० विश्वकपका अभ्यास खेल नखेल्ने



अ+ अ-

एजेन्सी । भारतीय टिमका स्टार ब्याट्सम्यान विराट कोहलीले टी–२० विश्वकपअघि हुने अभ्यास खेलमा खेल्ने छैनन् । कोहलीले आईपीएलपछि खेलबाट छोटो ब्रेक लिएका छन् ।

जसका कारण उनी जुन १ मा बंगलादेशसँग हुने टिम इन्डियाको अभ्यास खेलमा खेल्ने छैनन् । टोलीका उपकप्तान हार्दिक पाण्ड्या र सञ्जु सामसन पनि ढिलो टोलीमा आउनेछन् ।

अमेरिका र वेस्ट इन्डिजमा जुन २ बाट हुने टी–२० विश्वकपका लागि भारतीय टोलीको पहिलो समूह मे २५ मा प्रस्थान गरेको छ । स्टार ब्याट्सम्यान विराट कोहली पहिलो समूहसँगै गएका छैनन् ।

‘कोहलीले हामीलाई पहिले नै बताइसकेका थिए कि उनी टोलीमा ढिलो हुनेछन् र त्यसैले बीसीसीआईले उनको भिसा अपोइन्टमेन्टमा ढिलाइ गरेको छ, ’बीसीसीआईका एक अधिकारीले द इन्डियन एक्सप्रेसलाई भने । उनी मे ३० को बिहान न्यूयोर्क जाने अपेक्षा गरिएको छ । उनको आग्रहलाई बीसीसीआईले स्वीकार गरेको छ ।

कोहलीले आईपीएल २०२४ मा उत्कृष्ट प्रदर्शन गरेका थिए । यो सिजन ओरेन्ज क्यापको दौडमा उनी अगाडि छन् । उनले १५ खेलमा ७४१ रन बनाए, उनको औसत ६१.७५ र स्ट्राइक रेट १५३ भन्दा बढी थियो

यसपटकको टी–२० विश्वकप जुन २ बाट वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ । उद्घाटन खेल अमेरिका र क्यानडाबीच हुनेछ । भारतीय टोलीको पहिलो खेल जुन ५ मा न्युयोर्कमा आयरल्याण्डसँग हुनेछ ।