२९ मंसिर २०८२, सोमबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा भुसाल मनोनयन मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार ‘एलार्गन’ औषधिको खरिद बिक्री फुकुवा सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन ‘भारत–नेपाल टुरिज्म मार्ट’अन्तर्गत गन्तव्य प्रवर्द्धन कार्यक्रम सुरु जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो नेपालबाट चोरिएका एक सय ९८ पुरातात्विक सम्पदा विदेशबाट फिर्ता ल्याइयो स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीले पछि पारे मेसी र रोनाल्डोलाई



अ+ अ-

एजेन्सी । आईपीएलको यो सिजनमा विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोरको यात्रा प्लेअफ चरणबाट सकिएको छ ।बैंगलोर राजस्थान रोयल्ससँग एलिमिनेटरमा पराजित भएपछि बाहिरिएको थियो । तर यो सिजन विराट कोहलीले ब्याटिङले निकै हल्ला मच्चाएका छन् ।

यो सिजन विराट कोहलीले १५ खेलमा ६१.७५ को औसतमा ७४१ रन बनाएका छन् । ओरेन्ज क्यापको दौडमा विराट कोहली शीर्ष स्थानमा छन् ।

यी तथ्यांकलाई हेर्दा विराट कोहलीले ओरेन्ज क्याप जित्ने लगभग निश्चित छ । यसैबीच विराट कोहलीले आफ्नो नाममा एक कीर्तिमान पनि बनाएका छन् ।

मैदानमा हलचल मच्चाउने विराट कोहलीले अफ द फिल्ड रेकर्डमा आफ्नो जादु देखाएका छन् । विराट इन्स्टाग्राममा ३ करोड ह्यासट्याग पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । यस मामिलामा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी समेत पछि परेका छन् ।

आजसम्म कुनै पनि खेलाडीले इन्स्टाग्राममा ३ करोड ह्यासट्याग पूरा गर्ने उपलब्धि हासिल गर्न सकेका छैनन् ।