२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीले पछि पारे मेसी र रोनाल्डोलाई



अ+ अ-

एजेन्सी । आईपीएलको यो सिजनमा विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोरको यात्रा प्लेअफ चरणबाट सकिएको छ ।बैंगलोर राजस्थान रोयल्ससँग एलिमिनेटरमा पराजित भएपछि बाहिरिएको थियो । तर यो सिजन विराट कोहलीले ब्याटिङले निकै हल्ला मच्चाएका छन् ।

यो सिजन विराट कोहलीले १५ खेलमा ६१.७५ को औसतमा ७४१ रन बनाएका छन् । ओरेन्ज क्यापको दौडमा विराट कोहली शीर्ष स्थानमा छन् ।

यी तथ्यांकलाई हेर्दा विराट कोहलीले ओरेन्ज क्याप जित्ने लगभग निश्चित छ । यसैबीच विराट कोहलीले आफ्नो नाममा एक कीर्तिमान पनि बनाएका छन् ।

मैदानमा हलचल मच्चाउने विराट कोहलीले अफ द फिल्ड रेकर्डमा आफ्नो जादु देखाएका छन् । विराट इन्स्टाग्राममा ३ करोड ह्यासट्याग पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । यस मामिलामा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी समेत पछि परेका छन् ।

आजसम्म कुनै पनि खेलाडीले इन्स्टाग्राममा ३ करोड ह्यासट्याग पूरा गर्ने उपलब्धि हासिल गर्न सकेका छैनन् ।




भर्खरै