२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनप्रति गुनासो छैन, तर न्युरोडको तोडफोड कानूनसम्मत छैन – यातायात मन्त्री महासेठ



अ+ अ-

काठमाडौं । उपप्रधान तथा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चालेको कदमप्रति कुनै गुनासो नभएको बताएका छन् ।

काठमाडौंको सडकलाई लिएर संघीय सरकारसँग असन्तुष्टि जनाउँदै मेयर शाहले शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको थियो ।

सडक विभाग अगाडि धुलोसहितको फोहोर थुपारीएको सन्दर्भमा मन्त्री महासेठले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै भने – ‘मलाई लाग्छ, कलंकी–महाराजगन्जको मुद्दा जसरी अगाडि ल्याउनुभएको छ, त्यसलाई सल्लाहका रूपमा लिएको छु । शनिबार दिउँसो मेयर शाहले सार्वजनिक गरेको भनाइप्रति आपत्ति छैन । तर न्युरोडमा भइरहेको क्रियाकलापलाई कानूनसम्मत मान्न सकिन्न ।’

कलंकी–महाराजगन्ज सडक विस्तार नभएको भन्दै काठमाडौँ महानगरपालिकाका कर्मचारीले शनिबार सडक डिभिजनको गेटअगाडि एक ट्रक धुलो उपहार भन्दै  थुपारि दिएका थिए ।